काठमाडौँ,०२ असोज ।
बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।
नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल कतारसँग ३–१ तथा तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । हारसँगै नेपालको एशियन कप खेल्ने सपना समाप्त भइसकेको छ ।
विभिन्न पाँच राष्ट्र सहभागी समूह ‘बी’ मा नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै बङ्गलादेश भने दोस्रो जीतको खोजीमा छ । बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्गलादेशले भूटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।
यसैगरी भूटानले चार खेलमा तीन अङ्क जोडेको छ । यस समूहबाट आयोजक बहराइन र कतारमध्ये एक टोली समूह विजेता बन्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एशियन कपमा स्थान बनाउनेछ । जारी छनोट खेलमा आयोजक बहराइनको सात अङ्क रहेको छ भने कतारको नौ अङ्क छ । करार र बहराइनबीचको खेल पनि आजै हुनेछ । उक्त खेल राति ११ः४५ बजे हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |