धादिङ, ०२ असोज । केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.ले १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष अप्सरा अधिकारीले प्रस्तुत गरेकी छिन् ।
वि.स २०५८ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ४ लाख रहेको छ । निक्षेप रकम ७ करोड ४४ लाख, जम्मा कोष ४ करोड २१ लाख, आन्तरीक श्रोत १२ करोड,ऋण लगानी २१ करोड ४१ लाख, सावा असूली १७ करोड ७४ लाख व्याज असूली २ करोड ७२ लाख र कुल ल र र २४ करोड ७ लाख रहेको सहकारीका व्यवस्थापक सुरेश कोईरालाले जानकारी दिए ।
साविकको केवलपुरमा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थामा अहिले २०१ वटा समुह तथा ११४४ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |