धादिङ १, असोज । स्वास्थ्य कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको सयुक्त आयोजनामा आज बाट धादिङबेशीमा प्रत्येक शनिबार १० बजे १० मिनेट अभियान शुरु भएको छ
डेङगुले बिकराल रुप लिदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुगोस भन्ने उदेश्यले उक्त अभियान शुरु गरिएको हो ।
अभियानको क्रममा आफ्नो घर वरपर प्रत्येक शनिवार १० बजे १० मिनेट समय मिलाएर सरसफाईमा केन्द्रित हुन जिल्ला बासी सवैलाई आग्रह गरिएको छ ।
अभियानमा एडिस नामको लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भईराखेको पानी, टायर, बोतल र बिर्कोहरु लगायतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने लगायतका सन्देश मुलक सचेतना कार्यक्रम गरिने बताईएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |