काठमाडौँ,३१ भाद्र ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ । गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |