धादिङ,२९ भाद्र ।
आज ५८ औं राष्ट्रिय बाल दिवस,दिवसको अवसरमा धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसकै अवसरमा नीलकण्ठ–८ साँघुटारमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
सहकारीले आजदेखि असोज ५ गते सम्म (कार्यालय समय र बिदाका दिन बाहेक) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ । बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक पासवुक सहित आएर स्टेशनरी सामग्री बुझिलिन सम्पूर्ण बाल बचतकर्ता एव अविभावक सदस्यहरुलाई सहकारीले अनुरोध गरेकोे छ ।
स्टेशनरी सामग्री वितरण कार्यक्रममा सस्थाका अध्यक्ष लगायत सम्पुर्ण कर्मचारी, कार्य समिति, उप समितिहरुको उपस्तिथी रहेको थियो । “बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ देशैभर बाल दिवस मनाइएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |