काठमाडौँ,२८ भाद्र ।
काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत् झन्डै ८५ लाख उठाएको छ।
मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि महानगरले मनोरञ्जन करबाट दुई सातामा ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले जानकारी दिएको छ। जसमा ९ वटा कम्पनीले कर तिरेका छन् ।
महानगरका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट, बाल्को क्यासिनो, बेलिज क्यासिनो र रोयल क्यासिनोले मनोरञ्जन कर तिरेका छन् ।
सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट-१ रहेको छ। सो क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ कर बुझाएको छ । दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |