धादिङ,२६ भदौ ।
राष्ट्रिय खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठलाई दिर्घ सेवा पदकबाट सम्मान गरेको छ । निरन्तर २५ बर्ष सम्म खेलकुद विकास समितिमा रहेर काम गरेको भन्दै राखेपले दिर्घ सेवा पदकबाट सम्मान गरेको जिल्ला खेलुकद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले कृष्णलाल श्रेष्ठलाई सम्मान गर्नुभएको हो । २४ बर्ष धादिङमा काम गर्नुभएका श्रेष्ठले १ बर्ष सुदुर पश्चिमको जिल्लामा काम गर्नुभएको थियो ।आज एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, कार्यालय प्रमुख रमेशमान तुलाधर र पूर्व कार्यालय प्रमुख एवम् कराते प्रशिक्षक भिम गुरुङले श्रेष्ठलाई पदकबाट सम्मान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष प्रताप सिंह तामाङले खेलकुद क्षेत्रको विकासको लागि खेल्नुभएको भुमिका प्रति धन्यवाद दिदै आगामी दिनमा पनि खेलकुद क्षेत्रमै लाग्नको लागि आग्रह गर्नुभयो।अहिले जिल्लाको खेलकुदको उचाई जुन ठाउँमा पुगेको छ यहाँ सम्म ल्याउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै तामाङले खेलक्षेत्रको विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । आफुले गरेको कामलाई उच्च प्रशंसा गर्दे कदर पत्र दिएकोमा धन्यवाद दिदै श्रेष्ठले आफ्नो स्वास्थ्यको कारणले खेलक्षेत्रमा निरन्तरता दिन नसकेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |