नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँटफाँट टुंगो लगाउने गरी अन्तिम छलफल भइरहेको बताएका छन् ।प्रचण्डले कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँने दावी गरेका छन्।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका छन् । प्रचण्डले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रचण्डले भने, ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ ।एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले २५ सिटको वरिपरि उनीहरुकोस्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए । प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ । प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |