काठमाडौँ,१९ भाद्र ।
पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।
सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् ।
विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो । यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।
गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए । विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए । अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |