धादिङ,१७ भाद्र।
सरकारी कर्मचारी प्रति जनताको विश्वास घटेको शहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनुभएको छ ।
जनताहरुले सरकारी कार्यालयमा सेवा लिन आउदा बढी झन्झट र ढिला सुस्ती हुने गरेको कारण जनतामा सरकारी कर्मचारी प्रति विश्वास घट्दै गएको समेत बताउनुभयो ।
सरकारी कार्यालयहरु अवलोकन गर्न धादिङ आउनुभएका चौधरीले नीति नियममा बसेर ईमान्दरीताको साथ काम गर्नको लागि कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । कर्मचारीहरुलाई जनताको सेवामा ध्यान दिनुपर्ने भन्दै उहाँले कर्मचारीको नियतमा खोट देखिएर कानुन अनुसार कारबाही गर्ने समेत बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय अनुगमनको क्रममा चौधरीले कर्मचारीहरुलाई जनता प्रति उत्तदायी भएर काम गर्न समेत निर्देशन दिनुभयो ।
नागरिकहरुले कर्मचारी प्रति विश्वास गर्न छाडे समस्या हुने भन्दै उहाँले कर्मचारीले छिटो र छरितो हिसाबले सेवा दिनुपर्ने बताउनुभयो । कामलाई कहिल्यै पनि सानो ठुलो नभनि कार्यलयको प्रमुखले पनि सबै कर्मचारीलाई समान व्यवहार गर्न आग्रह समेत गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |