धादिङ,१६ भदौ ।
पत्रकार सरोज अधिकारीलाई नेपाली कांग्रेस धादिङ प्रदेश क समितिले प्रदेश सांसद उमेदवारका लागि माथिल्लो तहमा सिफारीस गरेको छ। बुधबार(हिजो) बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि समेत रहेका अधिकारीलाई सिफारिस गरेको हो।
पटक–पटक कांग्रेस पार्टीको केन्द्रीय प्रचार समितिहरूमा रही काम गरिसक्नु भएका अधिकारीको केन्द्रिय नेतासँग राम्रो उठबस रहेको छ । पत्रकारीता सँगै अधिकारी जिल्लाको विकासको लागि योजनाहरु ल्याउने र समन्वय गर्ने कार्यमा समेत सक्रिय हुनुहुन्छ ।
२०५७ सालमा नेपाल विधार्थी संघ नीलकण्ठ स्कुलको अध्यक्ष हुँदै राजनीति सुरू गर्नुभएका अधिकारी नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष भईसकेको अनुभव रहेको छ। पार्टीको १३ औं १४ महाधिवेशनका महाधिवेशनमा प्रतिनिधि बन्नुभएका अधिकारी युवामाझ लोकप्रीय रहनुभएको छ। केन्द्रीय तहमा सबै नेताहरूसँग राम्रो पहिचान बनाएका अधिकारीलाई जिल्लाको विकासका लागि पनि सांसद बनाउनु पर्ने लबिइङ भइरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |