धादिङ, १५ भाद्र ।
नेत्रावती डवजोङ गाउपालिकामा स्थानिय सरकार साईवर क्राईम र लागुऔषध सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गाउपालिकाको कार्यालय सेमजोङमा नेत्रावती डवजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहको बिशेष आतिथ्यता रहेको थियो ।
स्थानिय स्तरमा नै साईवर क्राईम र लागुऔषध नियन्त्रणमा सहयोग पुगोस भन्ने ध्ययले एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको गाउपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरु,शाखा प्रमुख तथा प्रतिनिधिहरु र प्रहरीहरुको उपस्थिति रहेको थियो ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले संचालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख एवम् गाउपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानिय सरकार संचालन ऐन,नियम, निर्देशिका बारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत राजन घिमिरेले वडागत सिफारिस,नागरिकता सिफारिस जस्ता प्रशासनिक कार्यको बिषयमा अभिमुखिकरण गर्नुभएको थियो ।
त्यसै गरि कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले साईवर क्राईम र लागुऔषध सम्बन्धी अभिमुखकरण कार्यक्रम संचालन गर्नुभएको थियो ।
बिगतका तिन बर्षलाई नियाल्दा नेत्रावती डवजोङ गाउपालिकामा अपराधको घटना घट्दो क्रममा रहेको पाइन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |