धादिङ,१४ भाद्र ।
दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची सार्वजनिक हुने छ ।
त्यसपछि सर्वसाधारणले पायक पर्ने बैंकबाट नयाँ नोट साट्न पाइने गरी सहजिकरण गरिने नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । राष्ट्र बैैंकले नयाँ नोट वितरण गर्दा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रूपैयाँदरका नोट उपलब्ध गराउने छ। यस्तो नोट प्रतिव्यक्ति १८ हजार ५०० रूपैयाँसम्म साट्न पाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताउनुभयो । गत वर्ष दशैँमा ८ अर्बको नयाँ नोट साटिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |