घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।
नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । उनलाई ओपनिङमा अर्का ओपनर तथा विकेटकिपर अर्जुन साउदले राम्रो साथ दिए । साउदले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । मल्ल र साउदले ६५ रनको साझेदारी गरेका थिए ।
यस्तै रोहित पौडेलले विस्फोटक ब्याटिङ गरे । उनले २५ बलमा ७ चौकाको मद्धतमा ४७ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ भने १ रनमै आउट भए । आदिल अन्सारीले ४, विवेक यादवले २ रन जोडे ।
केन्याका लागि कप्तान शेम न्गोचे, व्राज पटेल र नेहेम्याह ओधियाम्बोले समान दुई-दुई विकेट लिए । लुकास ओलुओचको नाममा एक-एक विकेट रह्यो ।
नेपाल र केन्याले दुई-दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |