काठमाडौँ,११ भाद्र ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ ।
दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरुमा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।
क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ । असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |