काठमाडौँ,०९ भाद्र ।
साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।
२१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो । आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो ।
बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे ।
सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो ।
प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । तर, भारत भने फिफाको प्रतिबन्धका कारण सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |