निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आब्हान गरेको छ ।
आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौंसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।
आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आयोगले गत साउनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले दर्ता गराएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |