धादिङ,०४ भाद्र ।
अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बेनिघाट–रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेका हुन् । उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच संगठनले उद्घाटन गरेको छ ।
धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन ।नजिकको विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले बालबालिका पढ्ने अवसरवाट वञ्चित थिए । अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीका अनुसार २५ घरधुरी रहेको यस गाउँमा करिब ५० को संख्यामा विद्यालय जाने उमेरका बालबालिका रहेका छन् ।
अखिल (क्रान्तिकारी ) ले आफ्नै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विद्यालय भवन निर्माण गरेको हो । उद्घाटनलगत्तै विद्यालयमा पढाइ सुरु भएको छ र ३० जना बालबालिका नियमित आउने गरेको शिक्षक अस्मिता घलानले जानकारी दिनुभयो ।
विद्यालय भवनको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |