काठमाडौँ,०२ भाद्र ।
प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् ।
लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत ३ जेठदेखि २१ जेसम्म अनुपस्थित रहेन ।
यसैगरी स्वास्थ्योपचारका लागि भारत जाँदा प्रदीप गिरि ३ जेठ ३० असारसम्म, अमेरिका भ्रमणका लागि भन्दै तुल्सी थापा ८ जेठदेखि २२ जेठसम्म र वास्थ्योपचारका लागि भारत जान गंगा चौधरी ३ जेठदेखि १५ जेठसम्म संसद बैठक अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार घरायसी कामका लागि १२ जेठदेखि २ असारसम्म धर्मशीला चापागाइँ, श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म रघुवीर महासेठ, स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म जुली कुमारी महतो, कार्यक्रममा सहभागी हुन अमेरिका जान २६ जेठदेखि १० असारसम्म शान्ता चौधरी, स्वास्थ्योपचारका लागि भारत जान ३ जेठदेखि ३० असारसम्म कर्मा घले र अस्वस्थको कारण देखाएर ३ जेठदेखि १७ जेठसम्म सुरेशचन्द्र दास संसद बैठकमा अनुपस्थित रहे ।
यस्तै अस्वस्थ भएर ११ जेठदेखि १७ जेठसम्म शिवकुमार मण्डल, अस्वस्थ भएर १ असारदेखि ३१ असारसम्म निर्जला राउत, निजी कामका लागि अमेरिका जान ३ साउनदेखि २२ भदौसम्मका लागि नवराज रावत बिदामा रहेका सभामुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार व्यवसायिक कामका लागि नेपाल बाहिर रहन १५ असारदेखि तीन हप्ता विनोदकुमार चौधरी बिदामा बस्दा बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमणका लागि ३ जेठदेखि ३१ असारसम्म नागेन्द्र कुमार बिदामा बसेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |