धादिङ,०१ भाद्र ।
धादिङको नीलकण्ठ नगरपालिकामा एक दिने एकिकृत कर संकलन प्रणाली सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
होटल आर्केमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा १४ वटै वडाका वडा सचिव र सहायक कर्मचारीको सहभागिता रहेको थियो ।
क्षमता विकास समितिका संयोजक शान्ता थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्माको प्रमुख आतिथ्ययता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, शिक्षा अधिकृत नारायण प्रसाद वाग्ले, प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, योजना शाखा प्रमुख विवेक खतिवडा, सुचना प्रविधि अधिकृत सुरज जोशी, नगर प्रमुखका स्वकिय सचिव सरोज तिवारी लगायत १४ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारीको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई सफ्टेक इन्फोसिका टिका राम दाहाल र भानु रेग्मीले सहजिकरण गर्नुभएको थियो । अव वडामा उठ्न सक्ने करहरुलाई अनलाईन मार्फत वडामा लिन सकिने भएको सुचना तथा प्रविधि अधिकृत सुरज जोशीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |