धादिङ,३१ साउन ।
धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक धादिङका ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र सहचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ट्रेलरका चालक र सहचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।
चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |