काठमाडौँ,२३ साउन ।
लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् ।
शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको पाँच अर्ब २१ करोड रुपैयाँ छ ।
यसैगरी, ग्लोबल आईएमई बैंकले पाँच अर्ब २० करोड, नबिलले चार अर्ब ९७ करोड, एनआईसी एसियाले चार अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले चार अर्ब आठ करोड रुपैयाँ नाफा गरेका छन् ।
सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको एक अर्ब ३५ करोड छ । सिभिल बैंकले एक अर्ब ३८ करोड, लक्ष्मी बैंकले एक अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ६३ करोड र बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ । सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ । कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |