काठमाडौँ,२१ साउन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् ।
चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनि आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो । क्लबबाट उज्वेकिस्तानमा २० देखि २६ अगस्टसम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।
सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२० र २१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |