धादिङ २१ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समन्य समिति धादिङले तीन महिने विद्यार्थीसंग अखिल (क्रान्तिकारी) अभियान सुरु गरेको छ ।केन्द्रिय समितिको निर्देशनमा देशब्यापी रुपमा संगठन सुदृढीकरणका निम्ति भन्दै हिजो कार्यक्रम बिच उक्त अभियानको उद्घाटन गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का पोलिब्युरो सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष राजकुमार लिम्बु, माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारी, अतिथी अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य रमेश खड्का लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
प्रशिक्षण भेला समेत रहेको उक्त कार्यक्रममा संगठन सुदृढीकरणको लागी सवैले आ आफ्नो ठाउ बाट लागी पर्नुपर्नेमा जोड दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |