काठमाडौँ, २० साउन ।
नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो ।
सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ ।
गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ ।
यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शिर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |