काठमाडौं । यु २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार ) स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम आज अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।
प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो ।
प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र तेस्रो स्थानको नेपालको ७ अंक रह्यो । यस्तै, माल्दिभ्स र श्रीलंका समान एक अंक रह्यो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |