काठमाडौँ,१७ साउन ।
सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ ।
प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ । अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म)मा मात्र प्राप्त भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |