काठमाडौँ,१५ साउन ।
आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८.५ धेरै हो । अघिल्लो वर्ष यसले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढेकाे छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ७ लाख ९३ हजार रुपैयाँ भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |