काठमाडौं,०४ साउन।
साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।
चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ । १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनबिमा कम्पनीको ५ करोड २ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |