काठमाडौं,०४ साउन।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।
मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो ।
आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |