काठमाडौं०२ साउन।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो ।
जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ ।
प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो । जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका) , विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् ।
क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् रापेख र आईसिसीले मान्यता दिइसकेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |