काठमाडौं,०१ साउन।
साउन महिनाको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट देखिएको छ । यद्यपी चाँदीको भाउ भने यस दिन बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको छ ।
असार महिनाको अन्तिम कारोबार दिन पनि सुनको भाउमा गिरावट आएको थियो । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ।
शुक्रबार भने चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ तोकिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |