काठमाडौँ,३१ असार।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तागबन्धनको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा दिन लगाउनुपर्ने बताएपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरा आइरहेको छ। उहाँलाई सरकारले राजीनामा गराउनुपर्छ।’ श्रेष्ठले भने ।
त्यसको जवाफमा देउवाले राजनीतिक संलग्नता देखिएको भए अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । तर, बैठकले त्यसबारे कुनै निर्णय भने नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |