काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ ।
अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |