काठमाडौं । सेयर बजारमा बुधबार पनि सुधार देखिएकाे छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ । यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो । करेक्सनपछि बजारमा फेरि चमक आएको हो ।
बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ । यसैगरी, आम लगानीकर्ताहरुको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । सेयर बजारमा उचारचढाव भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । बढेको बजार घट्न पनि सक्छ । सेयर बजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाइ ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।
यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |