काठमाडौ,२७ असार।
चालु आर्थिक वर्षमा नेपालमा भित्रने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार गतवर्षको तुलनामा ३ दरशलब ८ प्रतिशत बढीले रेमिट्यान्स बढेको देखाएको हो ।
चालु आर्थिक वर्षमाा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ दशमलब ५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दा हाल नेपाल भित्रिने रेमिट्यान्समा बढेको हो । केही महिनाअघिसम्मको समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक थियो ।
रेमिट्यान्स घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेको थियो । रमिट्उान्स बढेसँगै सर विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |