धादिङ,२२ असार।
धादिङको खनियाबास गाउपालिका–५ साविकको सत्यदेवी गा.बि.स.मा जन्मनुभएका उत्तरी क्षेत्रको शिक्षाका धरोहर अर्जुन ब.रिजालको निधन भएको छ । रिजाललको हिजो साँझ ७ बजेर ५४ मिनेटमा आफ्नै निवास नेपालटारमा असमायिक निधन भएको हो ।
बच्छलादेवी मा.वि. खनियाबासमा लामो समय सम्म प्रधानाध्यापक भई कार्य सम्पादन पश्चात पछिल्लो समय स्रोत ब्यक्ती भई २०७३ सालमा निवृत्तभरण पेन्सन हुनुभई सेवाबाट अवकास हुनभएका रिजाललाई धादिङ जिल्लाको उत्तरी क्षेत्रका शिक्षाविद्, बौद्धिक ब्यक्तित्व र समाजसेवीको रुपमा चिन्ने गर्दछन् ।
तक्कालिन समयमा धादिङ जिल्लाका मा.वि. बिद्यालयको प्र.अ.हरुमध्ये उत्कृष्ट प्र.अ.मा पर्नुहुन्थ्यो । सवैसंग मिलानसार, तामाङ, संस्कृत, अग्रेजी बिषयमा पोख्त थिए । उनले अध्यापन गराएका बिद्यार्थीहरु अहिले कोहि डाक्टर, ईन्जिनियर,शिक्षक, राष्ट्रसेवक कर्मचारी भएर सेवा दिईरहेका पाउन सकिन्छ ।उनले झन्डै ४१ वर्ष शिक्षा क्षेत्रमा कार्य गर्नु भएको थियो । उनका कारणले उतरी क्षेत्रमा आर्थिक बिकास समेत भएको जानाकारहरु बताउछन्।
उनका २ छोरा र श्रीमती रहेका छन् । उहांको निधन प्रति बच्छलादेवी मावि भुपु बिद्यार्थी समाजद्धारा दुख ब्यक्त गरि मृतक आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको भुपु बिद्यार्थी समाजका कार्य समिति सदस्य कृष्ण बहादुर पौडेलले बताउनु भयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |