काठमाडौं, १४ असार
नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाइ ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले दीर्घकालीन स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । पाँच वर्षअवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।
जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाइका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा २६ असारमा बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा ४ साउनसम्म खुला रहनेछ ।
लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ’ प्रदान गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |