काठमाडौं, १२ असार।
कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ ।
यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।
ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ छ ।
घिउसिमी ६० रुपैयाँ, तने बोडी ४० रुपैयाँ भन्टा २० रुपैयाँ छ । कालीमाटी बजारले दिएको थोक मूल्य विवरणअनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रुपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ ।
तर, ब्रोकाउली, च्याउ, गुन्द्रकु पुदिना कुरिलो प्याज, कागती गान्टेमुला पार्सले सेलरी जिरीको साग भने सय रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |