काठमाडौं, १० असार ।
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ ।
बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |