धादिङ,०९ असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहिबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष रीजालले गाउँपालिकाको एघारौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकको पूर्वाधार तथा संरचना विकास, आर्थिक , सामाजिक, खानेपानी तथा सिंचाई, पर्यटन क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, कृषि तथा सहकारी, शिक्षा युवा तथा खेलकुद लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
गाउँपालिकामा पूर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्नेगरी जनमुखी, पारदर्शी र परिणाममुखी बनाइने, गाउँपालिका भित्रका प्रत्येक वडामा कम्तीमा एक एक वटा गाउँपालिका स्तरीय गौरवका आयोजनाहरु संचालन गरिने, स्थानिय तहको केन्द्रदेखि प्रत्येक वडा कार्यलय सम्मको सडकको स्तरोन्नति गरी स्थानिय सडकहरु निर्माण गर्दा सडक छेउका नाला बनाउने र सबै सडक धुलो र हिलो मुक्त बनाई १२ महिना नै सहज रुपमा संचालन ल्याइने गाउँपालिकाका अध्यक्ष रिजालले बताउनुभएको छ ।
त्यसैगरी विकासका कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरोध वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने निति अवलम्वन गर्ने, प्रत्येक योजना निर्माण गर्दा विरुवा रोप्ने र जर्गेना गर्ने कार्यलाई प्राथमिकता दिने लगायतका निति तथा कार्यक्रम सभामा प्रस्तुत गनुभएको थियो ।
साथै मृतकका परिवारलाई काजक्रिया खर्च बापत दश हजार दिने,माध्यमिक तहसम्म शिक्षा निशुल्क गर्ने, २० युनिटसम्मको बिजुली निशुल्क गर्ने, भ¥याङभुरुङ देखी सेमजोङ हुदैँ मार्पाकसम्म धुलो र हिलोमुक्त सडक निर्माण गर्ने, गाउपालिका भित्र स्वच्छ पिउनेपानी बितरणको लागी एक घर एक धाराको कार्य अगि बढाईने, ७० बर्षका बृद्धबृद्धाहरुलाई घरमा नै प्रत्येक महिनाको अन्तिममा स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरिने लगाएतका बिषय नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका प्रवत्ता एवम वडा नम्बर १ का वडाध्यक्ष ठाकुर गुरुङले जानकारी दिनुभयो।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भने भोलि असार १० गते सार्वजनिक गरिने बताईएको छ ।
प्रवत्ता एवम वडाध्यक्ष ठाकुर गुरुङ
Media error: Format(s) not supported or source(s) not found
Download File: https://dhadingsanchar.com/wp-content/uploads/2022/06/video-1655981029.mp4?_=1धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |