काठमाडौं, ९ असार।
स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ ।
कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ । नि:शुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |