काठमाडौं, ९ असार ।
सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । १० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्ने जनाएको छ ।
यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ ।
यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ अर्थात् वार्षिक १०.२५ प्रतिशत ब्याजदर जारी गर्दै छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ ।
ऋणपत्रमा १४ असारसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |