काठमाडौं, ८ असार।
नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो ।
सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको डिजेल आयात गरेको छ । पछिल्लो ११ महिनामा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।
विभागका अनुसार सोही समयमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । सो अवधिमा नेपालले ४८ करोड ९७ लाख १६ हजार १४० केजी एलपीजी ग्यास आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालले भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८९ करोड ८४ लाख २० हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |