काठमाडौं, १ असार
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर निष्काशन गरेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात तीन हजार तीन सय ५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
यी बाहेक बाँकी ६२ हजार ६ सय १५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी दुई करोड सात लाख पुग्ने छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डु रहेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो । यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ । लघुवित्त २३ मे २०१८ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |