काठमाडौं, ३० जेठ
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव गरिएको हो ।
उक्त प्रस्तावमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ ।
अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |