काठमाडौं, २९ जेठ ।
डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो ।
बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन तथा भारतको आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।
पे–वेलका सिइओ सत्यन्द्र श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मद्दत गर्ने भएकाले आफूहरु कार्यक्रमको हिस्सा बनेको बताए ।
शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।
डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |