जेष्ठ २८, धादिङ । मुक्तिनाथ बिकास बैक,सल्यानटार शाखा र आरुघाट शाखाले चण्डेश्वरी आधारभुत बिद्यालयलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ ।
बैकको सामाजिक उत्तरदायित्व अन्तरर्गत त्रिपुरा सुन्दरी गाउपालिका वडा न १ मा रहेको बिद्यालयलाई कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, बिद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनार्थ उक्त सहयोग गरिएको हो ।
बिद्यालयमा भएको कक्षा ८ उतिर्ण विद्यार्थीहरुलाई बिदाई तथा गत शैक्षिक सत्रका उतिर्ण विद्यार्थीहरुलाई पुरस्कार बितरण कार्यक्रमको अवसर पारेर बैकले सो सहयोग रकम हस्तान्तरण गरेको हो ।
आज मुक्तिनाथ बिकास बैकको उप–क्षेत्रिय कार्यालय धादिङका व्यवसाय विकास अधिकृत सन्तोष दाहाल, बिजय तामाङ र सल्यान्टार शाखाका प्रमुख सुदिप श्रेष्ठले उक्त सहयोग रकम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा मुक्तिनाथ बिकाश बैकका रबिन कुमालले बैकका सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।
बिद्यालयका प्रधानाध्यापक श्री डिल नारायण श्रेष्ठले मुक्तिनाथ बिकास बैकको यस किसिमको सहयोगले बिद्यालयमा शैक्षिक सुधारको लागी थप उर्जा मिलेको बताउदै ग्रामीण क्षेत्रमा बैकले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोमा धन्याबाद ब्यक्त गर्दै आगामी दिनमा बैकको प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।
धादिङ जिल्लामा मुक्तिनाथ बिकाश बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बिभिन्न क्षेत्रमा सहयोग गर्दे आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |