काठमाडौं, २५ जेठ
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ । विगत पाँच महिनादेखि भइरहेको तालाबन्दी तीन दिनभित्रमा खोल्न अनेरास्ववियुले माग गरेको हो ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै तीन दिनभित्रमा तालाबन्दी नखोले ताला फोड्ने चेतावनी दिइन् । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विगत पाँच महिनादेखि तालाबन्दी गरेको छ । उक्त ताला तीन दिनभित्रमा खोलेर विश्वविद्यालयको काम सञ्चालन गर्न अनेरास्ववियुले माग गरेको हो ।
विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले नेविसंघका नेताका नेताहरूले आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई अदालतले धरौटी माग गरेको थियो । तर, नेविसंघले उक्त धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्नुपर्ने अभिप्रायले तालाबन्दी गरेको अनेरास्ववियुको आरोप छ ।
वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झण्डको समर्थनमा अहिले विश्वविद्यालयमा बन्द रहेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुले यस्तो कार्यमा संलग्न हुनेलाई राजनीतिक संरक्षण नदिन नेविसंघ र प्राध्यापक संगठनहरूले आग्रहसमेत गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |