काठमाडौं, २३ जेठ
एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।
कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।
कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आईपुगेको छ । हाल टोलीमा २३ खेलाडीसहित नौं अधिकारी छन् ।
नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |